अन्तराष्ट्रिय सहकारी सिद्धान्त मुल्य र मान्यताहरु अवलम्वन गरी सदस्यहरुमा स्ववालम्वन र पारस्परिकताको भावनालाई बढवा दिएर आफ्नो आर्थिक,सामाजिक,सांस्कृतिक एंव शैक्षिक उन्नतिका लागि आवश्यक श्रोतका साथै व्यवसायिक तथा सामुदायिक सेवाहरुको बन्दोबस्त आफैले मिलाएर परिश्रम र समनता र समताका मापदण्डमा समुदायमा सबैको समृद्धी हासिल हुने सहकारी सभ्यताको बिकासमा समेत साहेता पुर्याउन, आत्मसम्मान,आत्मनिर्भता एंव कार्य क्षमता प्रति जागरुप्ता ल्याई उनीहरुको आर्थिक तथा सामाजिक बिकास गर्ने उद्देश्यले क्षेत्रिय सहकारी कार्यालय सुर्खेतमा २०३१ सालमा दर्ता भएको यस संस्थाले सहकारीको सिद्धान्त अनुरुप कार्यहरु संचालन गर्दै आएको थियो । देशको विषम परिस्थितिले गर्दा बिचमा आएर निस्क्रिय अबस्थामा रहेको र २०६८ सालमा पुनः यस संस्थालाई सक्रिय गराउदै लघुबित्त कार्यक्रम मार्फत कार्यक्रम सञ्चालन गरी जुम्ला जिल्लाका सदस्यहरुलाई संस्थामा आवद्ध गर्ने काम भयो । हाल कर्णाली को जुम्ला जस्तो बिकट ठाउमा बैकिङ् क्षेत्रबाट बन्चित गरामिण भेगका बिपन्न समुदायमा बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । कर्णालीमा पहिलो पटक लघुबित्त कार्यक्रम सञ्चालन गरेको यस संस्थाले हालसंम्म जुम्ला जिल्लाभरी १ मुख्य कार्यालय १० वटा शेवा केन्द्र र ३ वटा उप शेवा केन्द्र बिस्तार गरी मुगुको खत्याड गाउपालिका मा १ वटा शेवा केन्द्र, कालिकोटको गाल्जेमा १ सेवा केन्द्र,सुर्खेतको ऐरिचोकमा १ वटा सेवा केन्द्र, हुम्लाको अदानचुली गा.पा.को श्रीनगर,डोल्पाको त्रिपूराकोट न.पा.को त्रिपूराकोटमा १ वटा गरी जम्मा १४ वटा शेवा केन्द्र गरी जम्मा सदस्य हरुलाई सेवा दिदै आएको छ । साथै यस सस्थाका सदस्य हरुले उत्पादन गरेका अर्गानीक रैथाने बस्तुहरुलाई संङ्कलन तथा बजारिकरण गर्नको लागी यस संस्थाले सामुदायीक केन्द्र खडा गरी उक्त कार्यक्रम सञ्चालन गरिरहेकोछ ।
बचत भविष्यको सहारा हो |
बचत आफ्नो आर्थिक तथा सामाजिक विकासको प्रयास हो |
बचत आर्थिक विकासको बिज हो |
बचत फजुल खर्चको कटौती तथा खेर गैरहेको स्रोत साधन र समयको उपयोग हो |
बचत खुत्रुके जम्मा, नियमित र बैंक जम्मको थालनी हो |
बचत व्यवसाय संचालन गरी आय आर्जन गर्ने पुँजीको स्रोत हो |
बचत नियमित खर्च तथा फजुल खर्च कम गरेर गर्न सकिन्छ |
बचत आफ्नो तथा परिवारको भविष्य प्रति संवेदनशिल भएर गर्न सकिन्छ |
बचत बानीमा सुधार गरेर तथा आम्दानी बढाएर गर्न सकिन्छ |
बचत कुलत बानीहरु हटाएर र अनावश्यक सामाजिक खर्चहरु हटाएर गर्न सकिन्छ |
बचत त्यागी, विश्वास, सद्भाव र एकताबद्ध भएर गर्न सकिन्छ |
बचत जाँगरिलो, उधमशील र परिश्रमी भएर गर्न सकिन्छ |
बचत आपतकाल टार्न र आयमूलक व्यवसाय संचालन गर्न सकिन्छ |
बचत आर्थिक तथा सामाजिक जीवनस्तर उकास्न गरिन्छ |
बचत सामाजिक, आर्थिक दायित्व बहन गर्न सजिलो पर्न गरिन्छ |
बचत सम्पत्ति बढाउन तथा आत्मनिर्भर र स्वावलम्बी हुन गरिन्छ |
बचत सामुहिक र साझेदारी भावनाको विकास गर्न गरिन्छ |
बचत हातमा सिप भएको तर पुँजीको अभाव भएको बेला काम लाग्छ |
बचत अनिकाल तथा दैविक प्रकोपको समयमा काम लाग्छ |
बचत साहुले नपत्त्याउने तथा चर्को ब्याजदरमा ऋण लिनुपर्ने अबस्थामा काम लाग्छ |
बचत सामाजिक चाडपर्व र रितिरिवाजको लागि आवश्यकता परेमा काम लाग्छ |
बचत ऋण लिनको लागि धितो राख्ने सम्पत्ति नभएको अवस्थामा काम लाग्छ |
बचत अन्य आपतकालिन अवस्थामा काम लाग्छ |
साधन हो: केही गर्न खोज्नेको लागि |
उपाय हो: समस्या हाल गर्न चाहनेको लागि |
माध्यम हो: जाँगर र मेहेनातिका लागि |
डुंगा हो: खोला टार्न आट हुनेका लागि |
बिउ हो: फलाउन कोसिस गर्नेका लागि |
(१)ग्रामिण र बिपन्न समुदायका महिला सदस्य हरुलाई सस्तो सुलभ लघुकर्जा प्रदान गरी तिनिहरुको आयआर्जन मा बृद्धि
गर्न सहयोग गर्नु ।
(२)यस संस्थाका सदस्य हरुलाई बिभिन्न किसिमका सिपमुलक तालिमहरु प्रदान गरि तिनिहरुलाई व्याबसाहिक बनाई
आत्मनिर्भर बनाउन मद्दत गर्नु ।
(३)यस संस्थाका सदस्य हरुलाई क्षमता अभिबृदि तथा बित्तिय साक्षरता जस्ता तालिम दिई व्यक्तित्व बिकाशमा टेवा
पुर्याउनु ।
(४)सदस्यको माग लाई मध्यनजर गरी सरकारी अनुदान ,सहुलियत कार्जा जस्ता कार्यक्रमको लागी सम्बन्धीत निकायमा
पहल कदमी चाल्नु ।
(५)यस सहकारी संस्थालाई कर्णाली प्रदेशको नमुना बित्तिय संस्थाको रुपमा स्थापित गरी लक्षित बर्गलाइ सेवा प्रदान गर्नु
।
(६)कर्णली प्रदेशका अर्गानिक कृषि तथा पशुजन्य बस्तुहरुलाई शंकलन तथा बजारीकरण गरी उत्पादकहरुलाई उचति
मुल्य र उपभोक्ताहरुलाई गुणस्तरिय अर्गानिक कृषि तथा पशुजन्य बस्तुहरु सहजै उपलब्ध गराउने ।
(७)कर्णलीका बिकट गाउ बस्तीहरुमा गुणस्तरिय स्वास्थ्य सेवा संचालन गर्न संस्थाको बिभिन्न शेवा केन्द्र अन्तरगत
स्वास्थय सेवा केन्द्र संचालन गर्ने ।
(८)संस्थाले गुणस्तरिय शिक्षा,सस्तो शुलभ बिकट गाँउ बस्तीहरु बोर्डिङ स्कुल संचालनगरी प्रदान गर्ने ।
(९)सहकार्य र सहकारी मार्फत संस्थाको कार्यक्रम बिस्तार भएको ठाउँमा लक्षित बर्गको जिबन स्थरमा सुधार ल्याई
गरिबी निबारणमा समेत यागेदान पुर्याउनु ।
(१०)स्थानीय श्रोतसाधन तथा सिपबिकास गरी आय आर्जनका अबसर प्रदान गर्ने ।
(११)सदस्य सहयोग कोष मार्फत आपसी सहयोग र सहयोग सद्भावको भाकनामा बिकास गर्ने ।
(१२)लघु कर्जा बिमा मार्फत सदस्यको अर्थिक रुपमा सहयोगका साथै जोखिम न्युनीकरण गर्ने ।
(१३)स्वाबालम्बी वन्न
प्रेरित गर्ने साथै सामुदायिक बिकासमा अग्रसर गारई अन्य क्रियाकलापहरु संचालन गर्ने।
भरपर्दो र गुणस्तरिय लघुबित्त सेवामार्फत शेयर सदस्यहरुको आर्थिक, समाजिक रुपन्तारण गर्नुका साथै महिला सशक्तिकरण गरी गरिबी न्युनीकरणमा टेवा दिने र कर्णालीको रैथाने कृषि तथा पसुजन्य बस्तुहरु संकलन तथा बजारिकरण गरी नमुना सहकारी सस्थाको रुपमा स्थापीत गर्ने रहेको छ ।
(1) विभिन्न प्रकारका निक्षेप (बचत) संकलन एवं कर्जा परिचालन सम्बन्धी कार्य गर्ने ।
(2) स्वास्थ्य सेवा अन्तर्गत स्वास्थ्य सेवा केन्द्र, पोलिक्निलिक,फार्मेसी सञ्चालन साथै स्वास्थ्य सम्बन्धी
सम्पुर्ण कार्य गर्ने ।
(3) शिक्षासेवा अन्तरगत आधारभुत तथा बहु प्राविधिक शिक्षालय संचालन सम्बन्धी कार्य गर्ने।
(4) यातायत, संचार, उद्योग तथा उर्जा सम्बन्धित परियोजनाहरु संचालन गर्ने ।
(5) कृषि सेवा संचालन अन्तरगत कर्णाली प्रदेशमा उत्पाद्धित कृषि तथा पशुजन्य वस्तुहरु उत्पादन,
संकलन, ग्रेडिङ,प्याकेजिङ,लेवलिङ र ब्राण्डिङ गरि राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा विक्री
बितरण गर्ने ब्यवस्था मिलाउने ।
(6) दुग्द्यजन्य उत्पादन तथा डेरी उद्योग संचालन गर्ने ।
(7) सदस्यहरुलाई सिप बिकास, सहकारी सचेतना, क्षमता अभिवृद्धि जस्ता तालिम संचालन गर्ने।
(8) भेटनरी सम्बन्धी सम्पुर्ण कार्य गर्ने ।
(9) बिभिन्न खाद्य बस्तुहरुलाई सहज आपूर्ति गर्न सहकारीको सेवा केन्द्र अन्तरगत सहकारी सुपथ
पसलहरु संचालन गर्ने ।
(10) संम्भाब्य उत्पादनशिल र औद्योगिक परियोजनाहरु स्थापना गरि संचालन तथा ब्यबस्थापन
गर्ने र वहाल(भाडा) मा लगाउने।
(11) रेमिटान्स सेवा सम्बन्धी कार्य गर्ने ।
(12) विनियममा ब्यबस्था भएका कोषहरुको प्रभावकारी ढंगले उपयोग गर्ने ।
(13) कारोवारको मुनाफाबाट केही अशं छुट्याई सदस्हरु एवं तिनका परिवारका सदस्हरुलाई
रचनात्मक कार्यमा उत्प्रेरित गर्ने खालका कार्यक्रम संचालन गर्ने ।
(14) सदस्यहरुको अधिकतम हितलाई ध्यानमा राखी सहकारी ऐन, नियम, मापदण्डहरु यस
विनियममा ब्यबस्था भए बमोजिम दैनिक कार्य संचालनका लागी चल अचल सम्पती आर्जन गर्न
हस्तान्तरण गर्न धरौटि राख्ने र बन्धक राख्ने कार्य गर्ने ।
(15) संस्थाले सदस्यहरुको हितलाई ध्यानमा राखी विभिन्न जीवन बिमा कम्पनी र निर्जिवन बीमा
कम्पनीको अभिकर्ता भई कार्य गर्ने ।
(16) सहकारीका मुल्य,मान्यता र सिद्धान्तहरुको पालना गर्ने, गराउने।